गण्डकी


जेनजी आन्दोलनका बेला लुटिएको हतियारसहित २ जना पक्राउ

जेनजी आन्दोलनका बेला लुटिएको हतियारसहित २ जना पक्राउ

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १८:४५, पोखरा

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा लुटपाट र तोडफोड गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने गतिविधिमा उनीहरू संलग्न थिए।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं. ०५ बस्ने ३१ वर्षीय श्यामबहादुर तमाङ र वडा नं. ०२ बस्ने २२ वर्षीय सागर राउत रहेका छन्।

उनीहरूका साथबाट प्रहरीले १ राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको थान, काठको बटको भाग र २ वटा मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका श्यामबहादुर तमाङ दुई वर्षअघि चोरी मुद्दामा समेत परेका थिए।

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी कास्की जिल्ला अदालतबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad