गण्डकी


जेनजीले जलाए पोखरा महानगरपालिकाको कार्यालय

जेनजीले जलाए पोखरा महानगरपालिकाको कार्यालय

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:१७, पोखरा

विद्रोहमा उत्रेका जेनजीले पोखरा महानगरपालिका कार्यालयमा आगो लगाइदिएका छन्।

यस्तै उनीहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरा ८,दरबारथोकमा रहेको निजी घर तोडफोड र आगजनी गरेका छन्।

नेपाल टेलिकमको महेन्द्रपुलमा रहेको कार्यालयमा आगजनी भएको छ।

महेन्द्रपुल र चिप्लेढुंगाको प्रहरी बिट पनि जलाइएको छ। स्थिति नियन्त्रण बाहिर छ।

कास्की प्रशासनले निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीले त्यसको वास्ता गरेका छैनन्।

सडक आन्दोलनकारीको कब्जामा छ। सुरक्षाकर्मी सडकमा छैनन्।

भिड अराजक बन्दा सार्वजनिक सम्पत्तिमा आक्रमण बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad