गण्डकी


रहेनन् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान, अन्त्येष्टि छोरा विदेशबाट आएपछि आइतबार

रहेनन् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान, अन्त्येष्टि छोरा विदेशबाट आएपछि आइतबार

नेपालखबर
साउन १०, २०८२ शनिबार १४:०, पोखरा

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।

नेपाली कांग्रेस कास्कीका नेता राजबहादुर गुरुङका अनुसार ७६ वर्षीय गुरुङ चितवनको भरतपुर नगरपालिका २६, दिव्यनगरमा रहेको आफ्नै निवासमा शनिबार बिहान बितेका हुन्। 

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

गुरुङ २०७८ साउन १२ गते गण्डकीको प्रदेश प्रमुख बनेका थिए। 

कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला नेपाली कांग्रेस प्रजातान्त्रिकका चितवनका सभापतिसमेत रहेका गुरुङलाई प्रदेश प्रमु्ख बनाउने निर्णय गराएका थिए।

गुरुङलाई २०८० फागुन २८ गते तत्कालीन सरकारले प्रदेश प्रमुख पदबाट हटाएको थियो।

केन्द्रमा माओवादी केन्द्र र एमालेबीच सत्ता समीकरण बनेपछि उनी कोपभाजनमा परेका थिए।

उनलाई वर्तमान प्रदेश प्रमुख डिल्लीराज भट्टले विस्थापन गरेका थिए।

पृथ्वीमान २०१७ सालमा राजा महेन्द्रले ‘कु’गरेपछि नेपाली कांग्रेसको आह्वानमा भएको चितवन विद्रोहको नेतृत्वकर्ता स्वर्गीय सहिद हरिप्रसाद गुरुङका आफन्तसमेत थिए। 

उनको जन्म हाल कास्कीको माछापुच्छ्रे गाउँपािलकामा रहेको घलेलमा भएको थियो।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको मेश्रोम बराह प्राथमिक विद्यालय पढेका उनी नेपाल विद्यार्थी संघको स्थापना कालमै केन्द्रीय सदस्य बनेका थिए।

२०३१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस कीर्तिपुर आन्दोलनको संयोजकसमेत रहेका उनी पछि पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्ने गरी आएका थिए।

तर, पञ्चायतले उनलाई सहेन।

सक्रिय राजनीति गरेको भन्दै २०३४ सालमा उनलाई बर्खास्त गरियो।

त्यसपछि २०३६ सालको जनमत संग्रहमा कास्कीमा बहुदललाई जिताउन क्रियाशील बने।

२०५२ साल देखि चितवन कांग्रेसमा (सचिव) हुँदै आन्दोलनमा होमिएका उनलाई तत्कालीन राज्य-सत्ताले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएको थियो।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि कांग्रसले उनलाई २०५८ सालको चुनवामा चितवनबाट उम्मेदवार बनाएको थियो।

उनका श्रीमती लक्ष्मीप्रभा गुरुङसहित दुई छोरा र नातिनातिना छन्।

छोरा विदेश रहकाले उनको पार्थिव शरीरको अन्त्येष्टि भने आइतबार मात्र गरिने छ।

उनको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक प्रकट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad