राजनीति


विद्या भण्डारीबारे एमाले प्रचार विभाग प्रमुख: केन्द्रीय कमिटीले नै आउन मिल्दैन भनिसक्यो

विद्या भण्डारीबारे एमाले प्रचार विभाग प्रमुख: केन्द्रीय कमिटीले नै आउन मिल्दैन भनिसक्यो

फाइल तस्बिर: नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम


नेपालखबर
साउन १०, २०८२ शनिबार १४:१७, काठमाडौँ

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब पूर्वराष्ट्रपति विद्या भण्डारी अब पार्टीमा आउन नमिल्ने जिकिर गरेका छन्। 

नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा गौतमले अब कुनै हालतमा भण्डारीको सदस्यता नवीकरण नहुने बताएका हुन्। 

‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ, पार्टी छाड्न पर्दैन, उनले भने, तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ। उहाँ केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो। केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन।’

तर हिजो शुक्रबार मात्र भण्डारीले विशेष पत्रकार सम्मलेन गरी मदन भण्डारीले दिएको आफ्नो सदस्यता कसैले खोस्न नसक्ने बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad