गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमा भौतिक योजना मन्त्रालयको लागि ११ अर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
भौतिक योजना मन्त्रालयलाई विनियोजित रकमको ठूलो अंश बाटो र पुलको लागि छुट्याइएको अर्थमन्त्री डा. टकरराज गुरुङले जानकारी दिए।
उनले गण्डकीको खानेपानीको लागि १ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। त्यो रकम एक घरः एक धारा र पानी शुद्धीकरणका लागि पनि खर्च हुनेछ।
यस्तै सिंचाइको लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ। उनले ठूलो टारमा आधारित सिंचाइ आयोजनाको सम्भाव्यता अध्ययन गरिने पनि जानकारी दिए।
उर्जा, खानेपानी तथा सिंचाइ मन्त्रालयको लागि ३ अर्ब ८८ करोड ८१ लाख बजेट विनियोजन भएको छ।
93
Shares

प्रतिक्रिया