गण्डकी


पेट्रोल छर्किएर आगो लगाई ज्यान लिने प्रयास, आरोपी पक्राउ

पेट्रोल छर्किएर आगो लगाई ज्यान लिने प्रयास, आरोपी पक्राउ

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २१:२४, पोखरा

कास्की प्रहरीले शरीरमा पेट्रोल छर्केर आगो लगाई ज्यान लिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं‍१२ स्थायी घर भइ जिल्ला कास्की पोखरा, १३ काँहुखोला बस्ने वर्ष ३१ को उमेश राइ रहेको कास्की प्रहरीले जानकारी दिएको छ।

निजले कास्कीको मादी गाउँपालिका ठूलास्वारा बस्ने ४८ वर्षीय दुर्गाबहादुर गुरुङलाई मंसिर २७ गते राति ११ बजेतिर उनकै घरको बाहिर ल्याइ पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीको भनाइ छ।

घाइतेलाई उपचारको राति २ बजेतिरै पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा थप उपचारको लागि पुनः मणिपाल रिफर भएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहान ९ बजे कीर्तिपुर बर्न अस्पताल रिफर भएको पनि प्रहरीको भनाइ छ। उनको उपचार भइरहेको छ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार सो व्यक्ति गाडी चालक भएको र व्यक्तिगत एवं पारिवारिक रिसइबीका कारण सो हर्कत गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

उनका अनुसार अभियुक्त राईलाई मादी गाउँपालिका वडा नं‍ ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए।

प्रहरीले कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको पनि उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad