समाज


चौथोपटक हिरासत म्याद थप्न आज रविलाई अदालत लगिँदै

चौथोपटक हिरासत म्याद थप्न आज रविलाई अदालत लगिँदै

हिरासतमा रवि


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १०:७, काठमाडौँ

सहकारी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज (आइतबार) अदालत पेस गरिँदै छ। 

तेस्रोपटक कात्तिक २० गते अदालत उपस्थित गराई तिहार बिदासमेत गणना गरी थपिएको १० दिनको म्याद पनि कात्तिक २४ गते (शनिबार) सकिएकाले चौथोपटक हिरासत लम्ब्याउन आज रविलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको हो। 

 ‘अनुसन्धान भनेको क्रमबद्ध हुन्छ, हतारमा गर्ने कुरा भएन, रातभर नसुतेर काम गरिएको छ’, कास्की प्रहरीका एक अधिकृतले नेपालखबरसँग भनेका छन्, ‘अनुसन्धान नसकिँदै छाड्ने कुरा भएन, हामीले अदालतसँग अनुमति माग्ने हो, सम्मानित अदालतबाट जस्तो आदेश आउँछ, त्यस्तै हुन्छ।’ 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याएका रविविरुद्ध हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग छ।  

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad