गण्डकी


तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए

तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए

रासस
कात्तिक १७, २०८१ शनिबार ७:११, म्याग्दी

तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा-च्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडा-च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडा-च्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडा-च्यांग्रा मात्र बजार पठाउने गरिएको छ।

दसैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडा-च्यांग्रा बजारमा बिक्री भएको हो।

‘उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडा-च्यांग्राको ब्यापार बढी भएको छ,’ केन्द्र प्रमुख अर्यालले भने, ‘कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्यांग्रा बिक्री गरेका छन्।’

जडीबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। तीन वर्ष पुरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा  ४० हजार भन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा  ३० हजारदेखि ३३ हजारमा किसानबाट खरिद गरेका छन्। 

गत वर्ष काठमाडौँ, पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्यांग्राको मूल्य यसपाली रु ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ। गत वर्ष बजारमा ल्याएको च्यांग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान बेहोरेको गुनासो गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad