ad ad

राजनीति


मधेसमा फेरियो सत्ता गठबन्धन, मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेसमा फेरियो सत्ता गठबन्धन, मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

नेपालखबर
असार २२, २०८१ शनिबार १५:५०, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत पाएका छन्। गत जेठ २५ गतेमात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन्। 

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।

उनको पक्षमा ६७ मत र विपक्षमा ३४ मत प्राप्त भएको छ। प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए।

मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले असार २१ गतेका लागि विश्वासको मत लिनका लागि गत असार १४ गते नै प्रदेशसभामा पत्र दर्ता गराएका थिए। 

यसैबीच असार १५ राति नेकपा एमालेले कांग्रेससँगको गठबन्धन गरेर अघि बढ्ने समझदारी केन्द्रमा गर्‍यो।

केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गरेका हुन्।

विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीमहरूलाई बर्खास्त गरेका थिए।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र  जनमत पार्टीका १३ सांसद छन्। 

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सर्मथन गरेको भए पनि जनमत पार्टी सरकारमा भने सहभागी भएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .