पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–५ पर्स्याङस्थित सिद्धार्थ बैंकअगाडि गएराति बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा सडकमा हिँडिरहेका दुई व्यक्तिको मृत्यु भएको हो।
कास्की प्रहरीका अनुसार दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई हाल पोखरा–३ नदीपुर बस्ने गरेका २० वर्षीय ढालेन्द्र छन्त्याल र परिचय खुल्न नसकेका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते उनीहरूलाई प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याए पनि उपचारको क्रममा राति नै मृत्यु भएको हो।
उनीहरूलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
156
Shares

प्रतिक्रिया