गण्डकी


दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रु भन्छन्– धन्न बाँचियो!

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रु भन्छन्– धन्न बाँचियो!

तस्बिर : यादव देवकोटाको एक्स (ट्विटर) बाट


नेपालखबर
पुस ५, २०८० बिहिबार ११:१५, काठमाडौँ

आज बिहान ९ बजे पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ। 

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार उडान नम्बर ६५२ को विमानले सबै यात्रु चढाएर उड्नै लाग्दा एक यात्रुले विमानको आपत्ंकालीन ढोका अचानक खोलिदिएका हुन्।

त्यसपछि सो उडान रद्द गरी त्यसका यात्रुहरूलाई अर्काे विमानमार्फत काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ। 

यसैबीच सोही विमानका एक यात्रुले आज धन्न बाँचिएको बताएका छन्।

यादव देवकोटाले आफ्नो एक्स ह्यान्डलमा विमानको तस्बिरसहित लेखेका छन्, ‘अहिले भर्खर बुद्ध एयरको ९:०० बजेको पोखरा काठमाडौँ उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरूको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला! धन्न बाँचियो भन्ने त होला नि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad