समाज


सिराहाको धनगढीमाईका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

सिराहाको धनगढीमाईका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

नेपालखबर
पुस ५, २०८० बिहिबार ११:२२, सिराहा

सिराहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ। 

धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो लगायतविरुद्ध मुद्दा दायर गरेको हो। 

सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो। 

उक्त कार्यालयले सवारीसाधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फूलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध दायर गरेको आज एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो।  

त्यसैगरी धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्सट्रक्सनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर भएको छ। 

उनीहरुले वन नियमावली, २०७९ को नियम ३(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) बमोजिम तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) बमोजिमको प्रक्रिया पूरा नगरी अवैध ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन गर्ने गराउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad