ad ad

गण्डकी


भूकम्प पीडितलाई एनवाईईएफको सहयोग

भूकम्प पीडितलाई एनवाईईएफको सहयोग

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १८:४७, पोखरा

नेपाली युवा उद्यमी मञ्च पोखराले भूकम्प पीडितको लागि २ लाख रुपैयाँ नगद सहयोग गरेको छ।

एनवाईईएफ पोखराले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सांसद विन्दुकुमार थापामार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको  लागि सो रकम हस्तान्तरण गरेको हो।

नेपाल सरकारद्वारा राहत सहयोगको लागि एकद्वार प्रणालीमार्फत् राहत संकलन गर्ने निर्णय गरेसँगै मञ्चले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसीले बताए।

उनले भूकम्प पीडितहरुका लागि तीव्र  र तदारुपताका साथ  राहत सामग्री व्यवस्थापनमा पनि जोड दिए। आवश्यक परे थप सहयोग गर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .