पोखराको बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन्। मंगलबार साँझ पौने ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नं–३१ अलैचीस्थित बेगनास तालमा तैरिरहेको अवस्थामा ती व्यक्तिको शव फेला परेको हो।
ती व्यक्तिको झोलामा रहेको नागरिकता अनुसार उनको स्थायी घर भने प्युठान रहेको छ।
प्युठानको मलरानी गाउँपालिका–४ बस्ने २२ वर्षीय अनिस श्रेष्ठको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उक्त शव झिकेर प्रहरीले पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ।
78
Shares

प्रतिक्रिया