ad ad

बागमती


बिरामी बोकेको एम्बुलेन्स रोकेर हंगामा मच्चाउने सहायक हवल्दार निलम्बनमा

बिरामी बोकेको एम्बुलेन्स रोकेर हंगामा मच्चाउने सहायक हवल्दार निलम्बनमा

नेपालखबर
असोज १६, २०८० मंगलबार २१:२९, हेटौंडा

मकवानपुरको हेटौंडामा आइतबार मध्यरातमा सडकमा एम्बुलेन्स रोकेर हंगामा मच्चाउने सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन्।

रातको समयमा मादकपदार्थ सेवन गरेर सडकमा घुमिरहेका शिवाकोटीको अत्याचारबाट एम्बुलेन्समै रहेकी एक महिलाको मृत्यु भएको थियो।

एम्बुलेन्सलाई रोकेर बिरामीका आफन्तसँग झगडा गरेर दुःख दिएका शिवाकोटीकै कारण बिरामी चिरमाया लोको मृत्यु भएको थियो।

यस विषयमा प्रहरी हवल्दारको गल्ती देखिएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सहायक हबल्दार शिवाकोटीलाई निलम्बन गरेको हो। 

शिवाकोटीले एम्बुलेन्स रोक्दा मृतक महिलाको परिवारसँग विवाद भएपछि उनी घाइते भएका थिए। 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले एम्बुलेन्स रोक्ने प्रहरी शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए। 

उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए। सहायक हबल्दार शिवाकोटीको उपचारपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएका बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार शिवाकोटीले एम्बुलेन्स रोकेर सडकमै तहल्का मच्चाएपछि उनको मृत्यु भएको आरोप लागेको थियो। 

मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका १ घर भएकी मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै गर्दा सडकमै घुमुवा प्रहरी शिवाकोटीसँग विवाद भएको थियो।

विवादपछि जिल्ला प्रहरी कार्यालयले मृतक परिवारसहित एम्बुलेन्स पनि नियन्त्रणमा लिँदा प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु भएको थियो।

यता झगडामा घाइते भएका प्रहरी हवल्दार शिवाकोटीको चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .