ad ad

गण्डकी


मनाङमा पर्यटकलाई खादा, मालासहित स्वागत

मनाङमा पर्यटकलाई खादा, मालासहित स्वागत

मनाङमा पर्यटकलाई खादा, मालासहित स्वागत


रासस
असोज ११, २०८० बिहिबार ६:३८, मनाङ

हिमाली जिल्ला मनाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको केन्द्र मानिन्छ।

बुधबार विश्व पर्यटन दिवस, २०२३ मनाङ भित्रिने पर्यटकलाई उल्लासका साथ स्वागत गरिएको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने लमजुङको बेँसीसहर मनाङे चौतारादेखि प्रारम्भ हुने यस पदमार्गमार्फत यात्रा गर्ने बाह्य पर्यटकलाई टोलटोलमा स्वागत गरिएको हो। 

लमजुङअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित जगत, च्याम्चे र मनाङतर्फको प्रवेशद्वार तालगाउँ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्ट धारापानी, कोतो, चामे हुँदै माथिल्लो मनाङसम्म पुग्ने पर्यटकलाई खादा, मालासहित स्वागत गरिएको छ।

मर्स्याङ्दी–४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङले कोभिडले थलिएको व्यवसाय पर्यटक आउनेक्रम बढेपछि आशा पलाएको बताए। 

उनले भने, ‘कोभिडका कारण पूर्णरूपमा व्यवसाय ठप्प भएको थियो, अहिले आशा पलाएको छ, यस क्षेत्रमा १५/१६ वटा होटल छन्, अहिले यहाँका प्रायजसो होटल भरिभराउ छन्।’ दैनिक १५ जना पर्यटक बास बस्ने गरेका उनले जानकारी दिए। यस पदमार्गमा पर्ने होटल व्यवसायीमा पर्यटकको आगमन हुन थालेपछि खुसी छाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .