ad ad

गण्डकी


प्रचण्डले ‘गेरुवस्त्र’ धारण गरेको पर्सिपल्ट गण्डकीको घोषणा- धर्मगुरुलाई शक्तिपीठ घुमाइने

प्रचण्डले ‘गेरुवस्त्र’ धारण गरेको पर्सिपल्ट गण्डकीको घोषणा- धर्मगुरुलाई शक्तिपीठ घुमाइने

a


वाशुदेव मिश्र
जेठ २१, २०८० आइतबार २१:३६, पोखरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गेरुवस्त्रप्रतिको अचाक्ली मोह छ। त्यसो त, उनी संलग्न भारतीय जनता पार्टी (भाजपा) नै गेरुवा वस्त्रमा रमाउँछ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा भने ठीक उल्टो थियो। धर्मलाई अफिम मान्ने माक्र्सवादी दर्शनबाट प्रेरित उनी धर्ममा खासै विश्वास गर्दैनन्।

तर, पछिल्लो समय भने उनी पूरै बदलिएका छन्।

दौरा–सुरुवालमा प्रधानमन्त्रीको सपथ लिएका उनी पछिल्लो भारत भ्रमणको क्रममा भने गेरुवस्त्रमात्र हैन, तागाधारी बने।

मध्यप्रदेशको उज्जैनको महाकालेश्वर मन्दिरमा पुग्दा जनै र धोतीमा देखिएका प्रचण्डले ५१ हजार भेटी र १०८ रुद्राक्षको माला चढाए। उनको नयाँ रुपको आलोचना र प्रशंसा दुवै भएको छ।

पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले प्रचण्डको नयाँ अवतारप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखे,‘ हामी कता जाँदैछौँ, देश कता जाँदैछ?’

प्रचण्ड स्वयंले चाहिँ भारतीयहरूलाई दुःखी नबनाउन आफूले सो रुप धारण गरेको प्रष्टीकरण दिए। 

प्रचण्डको ‘गेरु रुप’ को चर्चा नसेलाउँदै गण्डकी प्रदेश सरकारले गेरुवस्त्रधारीहरुलाई तीर्थाटन गराउने योजना सार्वजनिक गरेको छ। 

आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा भनिएको छ, ‘धार्मिक पर्यटनको विकास एवं प्रचारका लागि धर्मगुरुहरूलाई यस प्रदेशका धार्मिक तीर्थस्थलहरूको भ्रमण गराइ धार्मिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास गरिनेछ। साथै, धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिनेछ।’

नीति तथा कार्यक्रममा लुम्बिनी–मुक्तिनाथ– कैलाश जोड्ने मुक्तिमार्गको अध्ययन थालिने उद्घोष पनि छ। मुक्तिनाथ भारतीय पर्यटकहरुको रोजाइमा पर्दै आएको छ।

२०७५ सालमा भएको आफ्नो नेपाल भ्रमणको क्रममा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा विशेष पूजा गरका थिए।

पथिकको रुपमा पहिल्यै नेपाल भ्रमण गरिसकेको बताउने भारतीय प्रधानमन्त्री मोदीले आफ्नो हरेक नेपाल भ्रमणमा शक्तिपीठहरूको दर्शन गर्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .