पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप एकजनाको शव भेटिएको छ।
सेती खोँचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्था मात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो। घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ।
यस्तै, शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ।
यता, नेपाली सेनाले प्राप्त ब्ल्याकबक्स नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरेको छ।

144
Shares

प्रतिक्रिया