ad ad

गण्डकी


पोखराका मेयरले भने : अब ल्याण्डफिल साइट अन्तरिक्षमा खोज्नुपर्ला!

पोखराका मेयरले भने : अब ल्याण्डफिल साइट अन्तरिक्षमा खोज्नुपर्ला!

नेपालखबर
असोज ११, २०७९ मंगलबार २०:५९, पाेखरा

पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन्।

‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ तर मेरो वडामा भने फाल्न पाइँदैन भन्ने नागरिकहरु छन्’,उनले सो प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै भने, ‘अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्लाजस्तो छ।’

मेयर आचार्य पोखरा औद्योगिक क्षेत्र मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै थिए। 

उनले पोखराको ल्याण्डफिल साइट स्थानन्तरण नभए आउँदो पुसबाट हुने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन असम्भव रहेको पनि सुनाए। पोखराको वडा नम्बर १६ र २० मा पर्ने पस्मराङ तथा वडा नम्बर ३३ को भरतपोखरी क्षेत्रमा सार्ने भनिएकोमा स्थानीयबाट विरोध भएको थियो। 

मेयर आचार्यले ल्याण्डफिल साइट निर्माणको लागि अवरोध सिर्जना भएसँगै महानगरले फोहरको वैज्ञानिक व्यवस्थापनको योजना कोरेको पनि सुनाए। 

‘विभिन्न देशले फोहरलाई वर्गीकरण गर्दै फोहरबाट नै आम्दानी गरेका छन्’,उनले भने,‘हामी पनि फोहरको बर्गीकरण गर्दै ल्याण्डफिल साइट नै नचाहिने अवस्था सिर्जना गर्न लागेका छौँ।’ 

उनले अस्पतालबाट निस्कने फोहर अस्पताल स्वयंले तथा औद्योगिक क्षेत्रबाट निस्कने रसायन मिसिएको फोहर उद्योगले नै नष्ट गर्नुपर्ने बताए।

स्थानीयले औद्योगिक क्षेत्रबाट निस्केको फोहरले समस्यामा परेको गुनासो गर्ने गरेको सुनाउँदै भने, ‘औद्योगिक क्षेत्र वरपरको बस्तीभन्दा जेठो हो, यहाँबाट यो हट्दैन।’

मेयर आचार्यले पोखरा महानगरसँग कानूनहरु भए पनि कार्यान्वनय पक्ष फितलो भएको स्वीकारे।

‘आँङ कन्याएर छारो के उडाउनु’,उनले भने, ‘महानगर अस्तव्यस्त छ, हामीले त्यहाँ सुधारको थालनी गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .