ad ad

गण्डकी


गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङले रोजेनन् समानुपातिक सूची

गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङले रोजेनन् समानुपातिक सूची

वाशुदेव मिश्र
असोज २, २०७९ आइतबार २१:१५, पोखरा

एमालेले समानुपातिको बन्दसूची तयार पार्दा गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कुनै पनि सूचीमा अटाएनन्।

स्रोतका अनुसार प्रत्यक्ष चुनाव लड्ने चाहनाका साथ उपमहासचिवसमेत रहेका गुरुङले आफूलाई समानुपातिकको सूचीमा नराखेका हुन्।

उनले केही समयअघि गृहजिल्ला लमजुङ पुगेर  पुनः गण्डकीको मुख्यमन्त्री हुने चाहना व्यक्त गरेका थिए।

मुख्यमन्त्री हुनको लागि प्रदेशको चुनाव लड्नुपर्छ।

लमजुङ प्रदेशसभा  ‘ख’ का मतदाता रहेका गुरुङ प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिस भएका छन्।

२ नम्बरमा एमाले लमजुङ अध्यक्ष कृष्ण अधिकारीको नाम छ।

अध्यक्ष अधिकारीसहितको एउटा टिम यो पटक पृथ्वीसुब्बा बाहेकको उम्म्मेदवार हुनुपर्ने माग लिएर अगाडि बढेको छ। पृथ्वीसुब्बा नै उम्मेदवार भए कृष्ण अधिकारीहरुको चाहना पूरा हुने छैन।

एमालेले गर्‍यो समानुपातिक सांसदको नामावली पारित, कुन प्रदेशबाट कति? (सूचीसहित)

समानुपातिकमा गुरुङको नाम नपरेपछि सो समूह अहिलेदेखि नै सशंकित बनेको छ। ‘अहिले पृथ्वीसुब्बा कमरेड प्रदेशसभातर्फ कमजोर देखिनुहुन्छ, गठबन्धनसँग लड्नु्छ, एमालेलाई जिताउने हो भने लमजुङ ‘क’ मा जविन्द्रमान घले र ‘ख’ मा कृष्ण अधिकारी नै चाहिन्छ’,सो समूहका एक नेताले बताए।

उनले प्रदेशमा यी दुई अनुहार मिलाएर प्रतिनिधिसभामा उठे पृथ्वीसुब्बाको जीत हुने जिकिर पनि गरे।   

एमालेले  प्रतिनिधिसभाको ११० र प्रदेशसभाको लागि २१० जनाको प्रारम्भिक सूची तयार पारेको प्रचार विभाग प्रमुख तथा उपमहासचिवसमेत रहेका गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार गण्डकी प्रदेशबाट ११ जना आदिवासी जनजाति, ९ जना खस आर्य, ४ जना दलितसहित २४ जनाको नाम समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .