रोचक


ओली हारेपछि जगतबहादुरले इलाम छाडे

ओली हारेपछि जगतबहादुरले इलाम छाडे

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १७:१७, ​विराटनगर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाबाट चुनाव हारे भने जिल्ला छाड्ने घोषणा गरेका इलामका जगतबहादुर नेम्वाङले आफ्नो वचन पूरा गर्दै इलाम छोडेका छन्।

निर्वाचनका दौरान टिकटकमा रमेश बुढाथोकीसँग कुराकानी गर्दै उनले गरेको उक्त उद्घोषलाई व्यवहारमा उतार्दै उनी पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ स्थित आफ्नो पुर्ख्यौली थलो सिलिंदिङ पुगेका हुन्।

नेकपा (एमाले)का नेता एवम् प्रदेश सभा सदस्य राम रानाले जगतबहादुरले गाउँ छाडेको पुष्टि गरेका छन्।  ‘त्यो साथी बचनको पक्का थिए, उनले बोल्दै जाने क्रममा बाजी गरेका थिए होलान्, बाजी हारेर जाउँ नै छाडेछन्’ मगरले भने। 

इलाम नगरपालिका वडा नम्बर १० मा बसोबास गर्दै आएका नेम्वाङ एमाले नगर कमिटीको सदस्य समेत रहेका थिए । नेम्वाङले राजनीतिमा बोलेको कुरा पुर्‍याउनुपर्ने मान्यता राख्दै यो कदम चालेको बताएका छन्।

उनका दुई छोरा र एक छोरी मध्ये कान्छो छोरा भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा व्यापारमा संलग्न छन्। परिवारका अन्य सदस्यहरू इलाममै रहने उनले बताएका छन् ।   नेम्वाङ भने एक्लै पाँचथर सरेका छन्। उनले त्यहाँ पनि आफ्नो जग्गाजमिन रहेकाले अब उतै बस्ने र पार्टी सदस्यता पनि पाँचथरमै सार्ने बताए । पार्टी सदस्यता सार्नेबारे पाँचथरबाट एमाले उम्मेदवार बनेका आइन्द्र सुन्दर नेम्वाङसँग संवाद भइरहेको उनले बताए । 

​राजनीतिमा नेताहरूले बोलेको कुरा पूरा नगर्दा जनतामा निराशा छाएको भन्दै उनले आफू वचनको पक्का रहेको दाबी गरेका छन्। जिल्ला परिवर्तन गरे पनि एमालेको राजनीतिबाट भने टाढा नहुने स्पष्ट पारेका छन्। परिवारसँग भेटघाट गर्न इलाम आउजाउ गरिरहे पनि अबको स्थायी बसोबास भने पाँचथरमै रहने उनको दृढता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad