आफ्नो मृत्यु हुने निश्चित भएपछि ८७ वर्षका ती वृद्धाले छोराहरुसँग आफ्नो अन्तिम इच्छा व्यक्त गरे।
पिताको अन्तिम इच्छा सुनेपछि छोराहरु झस्किएका थिए। तर डाक्टरले उनको उपचार हुन नसक्ने बताइसकेकाले उनीहरु पिताको अन्तिम इच्छा पुरा गर्न राजी भए।
फक्स न्युजका अनुसार वृद्धाको अन्तिम इच्छा थियो,‘छोराहरुसँग बियर पिउने।’
उनीहरु सबैले नोभेम्बर १९ को रात सँगै बियर पिए। त्यसको भोलिपल्टै उनको निधन भयो।
— Adam Schemm (@AdamSchemm) November 21, 2019My grandfather passed away today.
Last night all he wanted to do was to have one last beer with his sons. pic.twitter.com/6FnCGtG9zW
आडम स्किमले नोभेम्बर २० मा ट्वीटरमा लेखेका छन्,‘मेरा हजुरबा बित्नु भयो। हिजो राति उहाँले छोराहरुसँग बियर पिउने इच्छा व्यक्त गर्नुभएको थियो।’
आडमले आफ्ना हजुरबा निकै असल व्यक्ति भएको फक्स न्युजलाई बताएका छन्।
Shares

प्रतिक्रिया