ad ad

कला


को हुन् कंगनालाई थप्पड हान्ने कुलविन्दर?

को हुन् कंगनालाई थप्पड हान्ने कुलविन्दर?

कंगना रनौत र कुलविन्दर कौर


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १०:३९, काठमाडौँ

बलिउड अभिनेत्रीसमेत रहेकी भारतकी नवनिर्वाचित सांसद कंगना रनौतलाई एक महिला सुरक्षाकर्मीले थप्पड हानेको घटना अहिले चर्चामा छ। 

भाजपाको टिकटमा हिमाचल प्रदेशको मण्डीबाट लोकसभा सदस्यमा निर्वाचित कंगना पार्टीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको फ्लाइट यूके७०७ मार्फत दिल्ली जान बिहीबार दिउँसो चन्डीगढ एयरपोर्ट पुगेकी थिइन्। 

त्यस क्रममा उनको सुरक्षा जाँचमा खटिएकी महिला सुरक्षाकर्मी कुलविन्दर कौरसँग विवाद भयो र कौरले उनलाई थप्पड लगाइन्। 

स्रोतका अनुसार चेकिङका क्रममा त्यहाँ तैनाथ महिला सुरक्षाकर्मी कौरले जब कंगनालाई भनिन्, ‘तपाईंले भाजपाबाट जित्नुभएको है? तर तपाईंको पार्टीले किसानका लागि केही गर्ने होइन!’

यसपछि दुई जनाबीच वादविवाद भयो। अनि कंगनाले किसान आन्दोलनप्रति अपमानजनक अभिव्यक्ति दिएकाले आफूलाई रिस उठेको दाबी ती महिला सुरक्षाकर्मीले गरेकी छन्।  

भाइरल भिडिओमा उनी भनिरहेकी छन्, ‘कंगनाले मानिसहरू १०० रुपैयाँका लागि किसान आन्दोलनमा बसेका छन् भनिन्। उनले यसो भन्दा मेरी आमा पनि त्यहीँ हुनुहुन्थ्यो।’ 

को हुन् कुलविन्दर?

समाचार एजेन्सी पीटीआईका अनुसार कुलविन्दर कौर सन् २००९ मा सीआईएसएफमा भर्ना भएकी थिइन् । २०२१ देखि चण्डीगढ एयरपोर्टमा सुरक्षाकर्मीको रूपमा तैनाथ। उनका श्रीमान पनि सोही विमानस्थलमा काम गर्छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार कुलविन्दर पञ्जाबको कपुरथला जिल्लाको सुल्तानपुर लोधीका बासिन्दा हुन्। उनी यहाँको तलवंडी चौधरिया थानाको माईवाल गाउँकी बासिन्दा हुन् ।

बीबीसी पञ्जाबी सेवाका अनुसार एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा शेर सिंहले कुलविन्दर विगत दुई वर्षदेखि चण्डीगढ एयरपोर्टमा तैनाथ रहेको बताएका छन् ।

शेर सिंहका अनुसार कुलविन्दरका श्रीमान् पनि सीआईएसएफमा छन्। उनले सुरक्षा जाँचका क्रममा कुलविन्दर र कंगना रनौतबीच झगडा भएको दाबी गरे ।

उनले भने, ‘आज मेरो परिवारसँग कुनै कुराकानी भएन। सञ्चार माध्यमबाट पनि जानकारी लिएका छौं। अनुसन्धानमा जे आउँछ, हामीलाई मान्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .