भारतका चर्चित क्रिकेटर सौरभ गांगुलीको बायोपिक फिल्म ‘दादा’ को पहिलो झलक सार्वजनिक भएको छ। गांगुलीको जन्मदिनको अवसरमा फिल्मको फस्टलुकसहित प्रदर्शन मिति घोषणा गरिएको हो।
पोस्टरमा अभिनेता राजुकमार रावलाई देख्न सकिन्छ। उनी फिल्ममा गांगुलीको भूमिकामा देखिएका छन्।
पोस्टरमा लर्ड्सको प्रतिष्ठित दृश्य देखाइएको छ। जहाँ गांगुलीले नेटवेस्ट सिरिजको फाइनलमा इंगल्यान्डको टोलीलाई पराजित गरेपछि आफ्नो टी-सर्ट फुकालेर स्टेडियमको बाल्कोनीबाट हल्लाएका थिए। फिल्मले पहिलो लुकले प्रशंसकलाई उत्साहित बनाएको छ।
हिन्दी सिनेमामा लामो समयदेखि क्रिकेट खेलाडीबारे फिल्म बन्दै आएका छन्। महेन्द्रसिंह धोनी, कपिल देव र मोहम्मद अजहरुद्दीन पछि सौरभ गांगुली अब यो सूचीमा सामेल भएका छन्।
यो फिल्म अर्को वर्ष १४ मे २०२७ मा विश्वभरका थिएटरमा रिलिज हुनेछ। यस फिल्मलाई विक्रमादित्य मोटवानेले निर्देशन गरेका हुन्। यो फिल्म लव रञ्जन र अंकुर गर्गले निर्माण गरेका हुन्।
लव फिल्म्सको ब्यानरमा गुलशन कुमार, भूषण कुमार, टी-सिरीज र डीबीएलले प्रस्तुत गरेका हुन्।
Shares

प्रतिक्रिया