भारतीय अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डीबाट नवनिर्वाचित सांसद कंगना रनौतलाई बिहीबार थप्पड हान्ने सीआईएसएफ महिला जवानलाई निलम्बन गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिल्ली जान चण्डीगढ एयरपोर्टमा पुगेकी कंगनालाई डिउटीमा रहेकी महिला सुरक्षाकर्मी कुलविन्दर कौरले थप्पड हानेकी थिइन्।
किसानका विषयमा कंगनाले दिएको अभिव्यक्तिबाट महिला सुरक्षाकर्मी रिसाएर आक्रमणमा उत्रिएको बताइएको छ।
कंगनालाई थप्पड हानेकी ती महिला सुरक्षाकर्मीलाई पदबाट निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भिडिओ-
— Aditya Raj Kaul (@AdityaRajKaul) June 6, 2024#BREAKING: Actor and India’s Member of Parliament Kangana Ranaut slapped by CISF constable Kulwinder Kaur at Chandigarh airport around 3:20pm today. Constable Kaur was reportedly upset with Kangana's comments on farmers’ protest. pic.twitter.com/kxwxHgV2Az
घटना यस्तो
चुनाव जितेपछि कंगना रनौत भाजपाको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको फ्लाइट यूके७०७ मार्फत दिल्ली जान बिहीबार दिउँसो चन्डीगढ एयरपोर्ट पुगेकी थिइन्।
स्रोतका अनुसार चेकिङका क्रममा त्यहाँ तैनाथ महिला सुरक्षाकर्मी कौरले जब कंगनालाई भनिन्, ‘तपाईंले भाजपाबाट जित्नुभएको है? तर तपाईंको पार्टीले किसानका लागि केही गर्ने होइन!’
यसपछि दुई जनाबीच वादविवाद भयो। अनि कंगनाले किसान आन्दोलनप्रति अपमानजनक अभिव्यक्ति दिएकाले आफूलाई रिस उठेको दाबी ती महिला सुरक्षाकर्मीले गरेकी छन्।
भाइरल भिडिओमा उनी भनिरहेकी छन्, ‘कंगनाले मानिसहरू १०० रुपैयाँका लागि किसान आन्दोलनमा बसेका छन् भनिन्। उनले यसो भन्दा मेरी आमा पनि त्यहीँ हुनुहुन्थ्यो।’
भिडिओ-
इसने (कंगना रानौत) ने बयान दिया था- वहां महिलाएं 100-100 रुपये के लिए बैठी हैं। मेरी माँ वहां बैठी थीं।
— Pankaj Parashar (@PANKAJPARASHAR_) June 6, 2024
“ये बैठेगी वहाँ 100 रुपये के लिए” : नवनिर्वाचित मंडी की सांसद कंगना रानौत को चंडीगढ़ एयरपोर्ट पर थप्पड़ रसीद करने वाली सीआईएसएफ की जवान pic.twitter.com/BwLsbwtXFv
त्यसो त घटनापछि कंगनाले पनि भिडिओ सन्देश जारी गरेकी छन्।
जसमा उनले भनेकी छन्, ‘म सुरक्षा जाँचबाट बाहिर निस्कनेबित्तिकै, अर्को केबिनमा एउटी महिला थिइन्, जो सीआईएसएफ सुरक्षाकर्मी थिइन्। उनी छेउबाट आएर मलाई थप्पड हानिन् र गाली गरिन्।’
उनले अगाडि भनेकी छन्, ‘मैले उनलाई यसो गर्नुको कारण सोध्दा उनले आफू किसानको आन्दोलनलाई समर्थन गर्ने बताइन्।’
भिडिओमा कंगनाले आफू सुरक्षित रहेको पनि जानकारी गराएकी छन्।
उनले भनेकी छन्, ‘म सुरक्षित छु, तर पञ्जाबमा बढ्दो आतंकवाद र अतिवादलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता लागिरहेको छ।’
भिडिओ-
Shocking rise in terror and violence in Punjab…. pic.twitter.com/7aefpp4blQ
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) June 6, 2024
Shares

प्रतिक्रिया