चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा १८औँ ‘एलजी फेस्ट २०२६’ आयोजना हुने भएको छ। फेब्रुअरी १८ युनलङस्थित ताई तोङ अर्गानिक इको पार्कमा यो कार्यक्रम हुन लागेको हो।
हङकङमा रहेको क्रियाशील नेपाली संस्था लालीगुराँस एसोसिएसन (एलजी) ले यो कार्यक्रम गर्दै आइरहेको छ। एलजी नाइटका रूपमा सुरू भएको कार्यक्रम गत वर्षदेखि ‘एलजी फेस्ट’का रूपमा आयोजना हुँदै आएको हो।
यस वर्षको ओपन कन्सर्टमा बलिउडका स्टारहरूसँगै नेपाली कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायक सज्जन राज वैद्यले समूहमा प्रस्तुति दिनेछन्।
त्यसैगरी, मंगोलियन हर्ट, कुमः सागर एन्ड द ख्वप, पूर्ण राई एन्ड दाजुभाइ, दुर्गेश थापा, शान्तारानी परियार, आश्मा विश्वकर्मालगायत ५८ कलाकार सहभागी हुनेछन्।
सन् २००४ मा स्थापना भएको लालीगुराँस एसोसिएसनले युके, अस्ट्रेलिया, अमेरिका, मकाउ र जापानमा समेत सांगीतिक कार्यक्रम गर्दै आएको छ। आयोजकका अनुसार जुन २०२६ मा युके तथा नोभेम्बरमा अस्ट्रेलिया र अमेरिकामा पनि एलजी फेस्ट आयोजना गरिनेछ।
भोलि बुधबार हुने यस कार्यक्रमका लागि कलाकारहरू हङकङ पुगिसकेका छन्।
Shares

प्रतिक्रिया