राजनीति


दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १२:३६, काठमाडौँ

दुई साताअघि नेकपा (एमाले) छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह र उपसभापति रामकुमार यादवलगायतले फूलमाला लगाएर स्वागत गरेका छन्।

यससँगै उनले प्रेस विज्ञप्ति जारी गरेर पनि कांग्रेसमा फर्केको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको कांग्रेसमा परिवर्तन आएकाले फर्किएको उनले जनाएका छन्। 

‘नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई सम्पूर्ण रुपमा स्वागत, समर्थन तथा आत्मसाथ गर्दै सो विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित श्री गगनकुमार थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान रही आजैको मितिदेखि मसहित मलाई सहयोग गर्ने र समर्थन गर्दै सधैं साथ दिँद्यै आएको सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रुपमा सार्वजनिक घोषणा गर्दछु,’ देवले भनेका छन्। 

उनले थापा नेतृत्वको कांग्रेसले देशलाई बदल्ने विश्वास गरेका छन्। देवले भनेका छन्, ‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्नेछन्।’

उनी दुई वर्षअघि मात्रै कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका थिए। देव संविधान सभा सदस्य र पूर्वमन्त्री हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad