कला


सलमान खानको घरमा गोली प्रहार घटनाका अभियुक्त अनमोललाई अमेरिकाबाट ल्याइयो भारत

सलमान खानको घरमा गोली प्रहार घटनाका अभियुक्त अनमोललाई अमेरिकाबाट ल्याइयो भारत

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:६, काठमाडौँ

भारतीय गुण्डा नाइके लरेन्सका भाइ अनमोललाई अमेरिकाबाट देश निकाला गरी बुधबार भारत ल्याइएको छ।

अमेरिकाले तीन भारतीय देश निकाला गर्ने क्रममा अभियुक्त अनमोललाई पनि आज दिल्ली विमानस्थल ल्याइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अनमोल अप्रिल २०२४ मा बलिउड स्टार सलमान खानको घरमा भएको गोली प्रहार घटनाका वान्टेड अभियुक्त हुन्। उनी गत वर्ष मुम्बईमा एनसीपी नेता बाबा सिद्दीकीको हत्याका मुख्य अभियुक्त पनि हुन्। अनमोलको नाम २०२२ मा पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि जोडिएको छ।

मिडिया रिपोर्टअनुसार, अनमोललाई अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा पक्राउ गरिएको थियो। उनलाई अहिले भारत पठाइएको छ।

उनी भारतमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को वान्टेड सूचीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad