कला


पाकिस्तानमा १७ वर्षीया टिकटकरलाई घरभित्रै पसेर गोली हानियो

पाकिस्तानमा १७ वर्षीया टिकटकरलाई घरभित्रै पसेर गोली हानियो

दुवै फाइल तस्बिरमा टिकटकर सना युसुफ


नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:४६, काठमाडौँ

पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ।

सञ्चारमाध्यमका अनुसार टिकटककर सना युसुफलाई सोमबार साँझ घरमै बसिरहेका बेला एक अज्ञात व्यक्तिले गोली हानेर मारेका हुन्।

टिकटकर सना युसुफको फाइल तस्बिर

यसैबीच उनकी आमाले इस्लामाबादको सम्बल प्रहरी चौकीमा जाहेरी दर्ता गराएकी छन्। 

प्रहरी चौकीमा दर्ता एफआईआरमा भनिएको छ, ‘हिजो (सोमबार) एक जना मानिस अचानक हाम्रो घरमा पसे र मेरी छोरी सना युसुफमाथि सिधै गोली हाने, जसमध्ये दुईवटा उनको छातीमा लागे।’

एफआईआरमा अगाडि लेखिएको छ, ‘अज्ञात व्यक्ति सिँढीबाट तल दौडियो र हामीले कराएपछि स्थानीय मानिसहरू भेला भए। मैले मेरी छोरीलाई छिमेकीको गाडीमा राखेर अस्पताल लगेँ, तर मेरी छोरीको मृत्यु भइसकेको थियो।’

सनाकी आमाले दर्ता गरेको एफआईआरमा घटनाका बेला उनका पति घरमा थिएनन्। आफू, देवर र छोरी सना युसुफ मात्र थिए।

साना युसुफको हत्याको अनुसन्धान गर्ने टोलीका सदस्य उपनिरीक्षक मनसबदारले प्रहरीले घटनास्थलमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज प्राप्त गरेको बताएका छन्।

प्रहरी अधिकारीले हत्यामा संलग्न व्यक्तिबारे पर्याप्त प्रमाण फेला परिसकेको र चाँडै पक्राउ गरिने दाबी गरेका छन्। 

प्रहरीले घटनाबारे विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको जानकारी उनले दिएका छन्। 

सना युसुफ १७ वर्षकी मात्र थिइन्। 

उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा थिइन्, तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बसिरहेको छ। 

उनको टिकटक अकाउन्टमा झन्डै ८१ हजार फलोअर्स छन्।

पाकिस्तानी टिकटकर सनाको अर्को तस्बिर

सनाले सोमबार नै आफ्नो जन्मदिन मनाएकी थिइन्। जसको भिडिओ उनले इन्स्टाग्राममा सेयर गरेकी छन्। 

त्यसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad