भारतीय कमेडियन (हास्य कलाकार) कपिल शर्माले क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा खोलेको क्याफेमा बुधबार राति गोली प्रहार भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ ३ दिनअघि जुलाई ७ मा क्याप्स क्याफे उद्घाटन गरेका थिए।
मिडिया रिपोर्टअनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए।
एनडीटीभीको रिपोर्टले खालिस्तानी आतंककारी हरजित सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ।
हरजित सिंह राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सूचीमा रहेका मोस्ट वान्टेड आतंककारीमध्ये एक हुन् र बब्बर खालसा इन्टरनेसनलसँग सम्बन्धित छन्।
आक्रमणकारीले गोली चलाएको भिडिओ पनि बनाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हेर्नुहोस्, गोली प्रहारको भिडिओ फुटेज:
Shots were reportedly fired at comedian Kapil Sharma's newly opened eatery in Canada's Surrey. Khalistani terrorist Harjeet Singh Laddi has taken responsibility for the shooting, according to reports
— Keh Ke Peheno (@coolfunnytshirt) July 10, 2025
What did Kapil Sharma say?🤔pic.twitter.com/NTTBQK99Cm
यसमा क्याफे बाहिर कारमा बसेको एक व्यक्तिले कार भित्रबाट निरन्तर गोली चलाइरहेको देखिन्छ। यद्यपि, अहिलेसम्म घटनामा कुनै हताहतको खबर छैन।
कपिल शर्माको अभिव्यक्तिले रिस उठेपछि गोली प्रहार
गोली चलाइएपछि प्रहरी र फोरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कपिल शर्माको पुरानो अभिव्यक्तिबाट रिसाएका हरजित सिंह लाडीले उनको क्याफेमा गोली चलाएको बताइएको छ।
विश्व हिन्दू परिषद् (भीएचपी) का नेता विकास प्रभाकर उर्फ विकास बग्गाको हत्या सम्बन्धमा एनआईएले हरजित सिंह लाडीलाई खोजिरहेको छ। भीएचपीका नेता बग्गालाई २०२४ अप्रिलमा पन्जाबको रूपनगर जिल्लामा उनकै पसलमा गोली हानी मारिएको थियो।
आफ्नो क्याफेमा गोली चलाइएको विषयमा कपिल शर्माले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्। कपिल र उनकी श्रीमती गिन्नी चतरथले इन्स्टाग्राममा क्याफे उद्घाटनका धेरै तस्बिर सेयर गरेका छन्।
Shares

प्रतिक्रिया