भारतमा टेलिभिजन रियालिटी शोमध्ये सर्वाधिक रुचाइएको बिगबोसमाथि प्रतिबन्ध लगाउन दर्शकहरुले नै माग गरेका छन्।
बलिउड सुपरस्टार सलमान खान होस्ट रहेको शो बिगबोसविरुद्ध सोसल मिडियामा अभियान नै सुरु भएको छ। ट्वीटरमा ह्यास टयाग ट्रेन्डिङ भइरहेको छ। #जेहादी_बिगबोस र ##BoycottBigBoss ह्यास ट्याग्स् चलाइरहेका छन्।
केही दर्शकले प्रधानमन्त्री नरेन्द्र मोदी र सूचना तथा प्रसारण मन्त्रीलाई मेन्सन गरे कलर्स र सलमानको कार्यक्रम बिगबोसमा प्रतिबन्ध लगाउन माग गरेका छन्।
बिगबोसका प्रतिस्पर्धीहरु अचम्म–अचम्मका व्यवहार देखाउँछन्। बिगबोसको घरभित्रैबाट निकै कलाकारहरुको प्रेमकहानी सुरु भएको छ। अहिले त बिगबोसको घरमा प्रतियोगी युवा र युवती एउटै ओछ्यानमा सुतेको देखिन आएको छ। यसैको विरोधमा प्रतियोगीहरुमाथि दर्शक भड्किएका हुन्।
भारतीय टेलिभिजन कलर्समा प्रसारित कार्यक्रम बिगबोसमा यो सिजनका लागि १३ प्रतिस्पर्धी चयन गरिएको छ।
बिगबोसको समय पनि परिवर्तन गरिएको छ। भारतीय समय अनुसार १०:३० बजे प्रसारण गरिन्छ। कार्यक्रम उत्पादकले समय हेरफेरसँगै अझै बोल्ड र सनसनीपूर्ण बनाएका छन्।

प्रतिक्रिया