बलिउड अभिनेत्री सोहा अली खानले ट्वीटरमा एक अनुरोध गरेकी छन्। जसमा उनले एक युवतीको फोटो सेयर गर्दै बेपत्ता भएको र खोजीका लागि मोबाइल नम्बर समेत दिएकी छन्।
हराइरहेकी युवती अहमदावादको वस्त्रपुर इलाकामा रहनेवाली २३ वर्षीया युवती वृष्टि जसुभाइ रहेकी छन्। उनी तीन दिनदेखि बेपत्ता दिन। रोचक कुरा के छ भने तीन दिनदेखि उनका प्रेमी पनि कसैको सम्पर्कमा छैनन्।
अभिनेत्री सोहा अली खानले सामाजिक सञ्जालमा अनुरोध गर्दै लेखेकी छन्, ‘यी युवती अहमदावादकी हुन्। यी हारएपछि यिनका आमाबाबु एकदमै चिन्तित छन्।’ उनले खोज्नका लागि अनुरोध गर्दै मोबाइल नम्बर समेत दिएकी हुन्।
खबरअनु्सार वृष्टिका परिवार विदेशमा छन्। उनी यहाँ एक्लै रहँदै आएकी थिइन्। पेशाले उनी फेसन डिजाइनर हुन्।
अहमदाबादको नवरंगपुरा प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती युवती प्रेमी शिवम पटेलको घरबाट बेपत्ता भएकी हुन्। बेपत्ता हुनुभन्दो केही समय अगाडि ड्राइभरले वृष्टिलाई शिवमको घरमा छाडेको र त्यसपछि घर नफर्केकेको बताएका छन्।
अभिनेत्री खानले ती युवतीसँगको आफ्नो सम्बनधको बारेमा केही खुलाएकी छैनन्। प्रहरीले पनि यसबारे केही बताएको छैन। वृष्टिका ड्रमइभरले उनी बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेका हुन्।
प्रहरीले उनीहरुको मोबाइल नम्बर ट्रेस गर्दा लोकेसन मेहसाणा देखाएको बताएको छ। प्रहरीले दुवैको खोजी सुरु गरिसकेको जनाएको छ।

प्रतिक्रिया