कारोबार


माछापुच्छ्रे बैंकले मनायो १९औँ वार्षिकोत्सव

माछापुच्छ्रे बैंकले मनायो १९औँ वार्षिकोत्सव

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ११:२१,

माछापुच्छ्रे बैंक लि.ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ।

केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए भने बैंकको अन्य सम्पूर्ण शाखा कार्यालयमा सम्बन्धित शाखा प्रमुखहरुले केक काटेका थिए। सन् २००० मा पोखरामा संस्थापित माछापुच्छ्रे बैंक लि.ले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाईरहेको छ। हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ।

बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ। यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरीरहेको छ।

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ। योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ। बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक ग्राहकहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नेछन्।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .