भारतमा ल्याम्बोर्घिनीले आफ्नो ५०औँ उरुस एसयूभी सार्वजनिक गरेको थियो। जुन इटालियन अटोमेकरको ठूलो अफरका रुपमा लिइएको छ।
भारतमा ल्याम्बोर्घिनी उरुसको लोकप्रियता सार्वजनिक भएयता बढिरहेको छ। पछिल्लो समय रणवीर सिंहले समेत उक्त कार प्रयोग गरेको पाइएको छ। मुम्बईको आफ्नो निवासनजिकै रणवीर ल्याम्बोर्घिनी उरुसमा देखिएका हुन्। यो कारको मूल्य भारतमा तीन करोड भारु पर्न सक्छ।
यद्यपि उनले उक्त कार किनेको हो कि होइन भन्ने खुल्नै बाँकी रहेको एनडी टिभीले जनाएको छ। उनी चढेको कारको नम्बर प्लेट समेत अस्थायी दर्तावाल देखिएको थियो। यो कारको प्रस्तुतिकै कारण विश्वभर यसको लोकप्रियता बढिरहेको पाइएको छ।
अवेन्टाडोर र हुराकानजस्ता सुपरकारहरुकै हाराहारीमा यो कार बिक्री भइरहेको छ। यो कार ४.० लिटर भर्सन८ ट्विन टर्बो मोटर यो कारमा रहेको छ। जुन हुराकानसँग मिल्छ। यसले ६४१ बीएचपी र ८५० एनएमको टर्क क्षमता रहेको छ। भी८ इन्जिनमा आठ स्पिड टर्क कन्भर्टर रहेको छ।
यो एसयूभीले शून्यबाट एकैचोटि १ सय किमि प्रतिघण्टा गति लिनसक्छ। यसका लागि ३.६ सेकेन्डमात्रै समय लाग्छ भने १२.८ सेकेन्डमा २ सय किमि प्रतिघण्टा गति दिन सक्छ। २.२ टन तौल रहेको यो कार विश्वकै तीव्र गतिको कार पनि हो । तर पछिल्लो समय बेन्टले बेन्टाग्या स्पिडले उछिनिसकेको छ। अगाडि ४४० एमएम र पछाडिड ३७० एमएमको ब्रेकिङ परफरमेन्स यो कारले दिनसक्छ।
द गली बोयका रणवीरलाई कार कलेक्सन गर्ने कलाकारका रुपमा समेत लिइन्छ। उनीसँग रेन्ज रोभर, जागुआर एक्सजेएल, एस्टन मार्टिन र्यापिड, मर्सिडिज बेन्ज एस क्लास मेब्याच, मर्सिडिज बेन्ज जीएलएसलगायतका कारहरु रहेका छन्। त्यस्तै रणवीरका साथी अर्जुन कपुरसँग पनि मेसराती लेभान्टे रहेको छ, जुन उरुसको प्रतिस्पर्धी कार पनि हो।

प्रतिक्रिया