ad ad

कला


अल्पदृष्टिविहीन नानीकाे उपन्यास बजारमा

अल्पदृष्टिविहीन नानीकाे उपन्यास बजारमा

नेपालखबर
असोज ७, २०७६ मंगलबार ५:३६,

नानी बिवुको उपन्यास ‘अनुक्रोश’ बजारमा आएको छ।

गैंडाकोटस्थित होटेल द नारायणीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुमाया कँडेल सापकोटा, स्रष्टाहरु शान्ति शर्मा, तर्कना शर्माले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

पुस्तकमा टिप्पणी गर्दै समिक्षक शान्तिले पुस्तकले शाश्वत प्रेमलाई विजयी गराएर लेखकले प्रेमको सम्मान गरेको बताइन्। साथै उनले पुस्तकले अभिभावकत्व नपाउँदा बालबालिका कसरी सडकमा पुग्छन् भन्ने कुरालाई सजिवताका साथ उठाएको धारणा राखिन्।

समिक्षक तर्कनाले पुस्तक सरल र सललल बगेको बताउँदै सडक बालबालिकाको कथालाई लेखिकाले नयाँ कोणबाट उठाएको धारणा राखिन्।

‘मेरा आँखाका नानी स्थिर छैनन् जसका कारण उपचार समेत हुन सकेको छैन। पुस्तक पढ्न एकदमै गाह्रो छ। पुस्तकका पाना मोबाइलको क्यामेराले खिच्छु। त्यसपछि जुम गरेर पढ्ने गर्छु।’ लेखिका बिवुले आफ्ना अनुभूति सुनाइरहदा हल स्तब्ध देखिन्थ्यो। उनी जन्मजात अल्पदृष्टीविहीन छिन्।

बीएन पुस्तक संसारले बजारमा ल्याएको उक्त उपन्यास सूर्य बीसीले सम्पादन गरेका हुन्।

१९२ पृष्ठको सो पस्तकको बजार मूल्य ३०० रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .