बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’ बन्ने भएको छ।
त्रिकाणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए।
कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ। ‘मेरो दिल छ पोखरामा’ मा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल, कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ, गंगा कुवँरको अभिनय रहने भएको छ।
रामकृष्ण कडेँलको छायांकन, देव महर्जन को द्वन्द, राजन महर्जनको नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत, दिपेन्द्र खड्का, शंकर अधिकारी घायलको गीत, नित्याशिवा, पुरुषोत्तम न्यौपाने, बिजय अधिकारी र ममता रानाको अवाज रहने छ। पोखरा र काठमाडौंको आसपासमा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ।

प्रतिक्रिया