पद्मश्री साहित्य पुरस्कार २०७५’ निबन्धकार रमेश सायनले पाउने भएका छन्। उनको संस्करात्मक कृति ‘छुटेका अनुहार’ लाई दुई लाख रुपैयाँ राशीको सो पुरस्कार दिन लागिएको हो।
त्यस्तै, ‘पद्मश्री साधना सम्मान २०७५’ डा. महेशराज पन्तलाई प्रदान गर्ने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गरेको छ। यो पुरस्कारको राशी पनि दुई लाख रुपैयाँ रहेको छ।
पन्त पाँच दशकदेखि नेपाली इतिहास र संस्कृति लिपिबद्ध तथा जगेर्ना गर्न क्रियाशिल छन्। उनका दुई सयभन्दा बढी कृति सार्वजनिक भएका छन्।
२०६७ सालदेखि प्रतिष्ठानले वर्षभरी प्रकाशित पुस्तकमध्ये कुनै एकलाई निर्णयक मण्डलको छनोटमा पद्माश्री साहित्य र साहित्य, कला, संगीत र अभिनय क्षेत्रमा दीर्घ साधना गर्ने बरिष्ठ साधकलाई पद्माश्री साधना सम्मान प्रदान गर्दै आएको छ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्धारा जारी विज्ञप्तिमा दुवै पुरस्कार काेजागत पुर्णिमाका दिन प्रदान गरिने जनाइएको छ।
Shares

प्रतिक्रिया