कारोबार


बढ्यो सेयरबजार, एनआईसी एसिया बैंकको धेरै कारोबार

बढ्यो सेयरबजार, एनआईसी एसिया बैंकको धेरै कारोबार

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ९:४३,

सेयरबजारमा आज ४.८७ अंकको सुधार देखिएको छ। बजार कारोबार मापन गर्ने सूचक नेप्से उक्त अंकले बढेपछि १२०८.०० विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.०३ अंकले बढेको छ।

कुल १ सय ६७ कम्पनीको कारोबार हुँदा ८ लाख ५० हजार कित्ता मात्रै सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा ५ हजार २ सय ८२ पटकको खरिदबिक्रीपछि बजारमा आज २४ करोडको सेयर कारोबार भएको छ। कुल ११ समूहको कारोबार भएकामा आज निर्जीवन बीमा र होटल समूहको बाहेक बाँकी समूहको कारोबार सूचक बढेको छ।

बढी कारोबार गर्नेमा आज एनआईसी एसिया पहिलो स्थानमा छ। बैंकको २ करोड ३६ लाखको प्रतिकित्ता मूल्य ४ सय ४७ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको १ करोड ५५ लाखको र प्रभु बैंकको १ करोड ८ लाखको सेयर खरिदबिक्री भएको छ। बाँकी कम्पनीले करोडका कारोबार गर्न सकेका छैनन्।

कमाउने कम्पनीमा भने आज सबैको लघुवित्त वित्तीय संस्था अगाडि छ। कम्पनीका सेयरधनीले ३३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २७ रुपैयाँ, समता माइक्रोफाइनान्सका सेयरधनीले ७४ रुपैयाँ, महुली सामुदायिक लघुवित्तका सेयरधनीले ३७ रुपैयाँ कमाएका छन्। अन्य सेयरधनीले योभन्दा कम कमाएका छन्।

गुमाउने कम्पनीहरुले आज ६.८९ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। जसमा सिटी एक्सप्रेस फाइनान्स, अरुण कावेली, एक्सेल डेभलपमेन्ट बैंकलगायतका कम्पनी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad