बुबालाई समर्पित गर्दै ‘मेरै बा’ बोलको गीत सार्वजनिक भएको छ।
गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ। निशान कश्यपको निर्देशनमा बनेको भिडियोमा सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन्।
हरेक बाबा प्रति समर्पित यो गीतलाइ गीत को भावना अनुसार भिडियोमा उतार्न प्रयास गरेको निर्देशक निशान बताउछन्।

प्रतिक्रिया