भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा जारी साफ यू–१५ फुटबल च्याम्पियनसिपमा अहिले नेपालले बंगलादेशको सामना गर्दैछ।
शीर्ष दुई स्थानमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित आवश्यक छ। यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकालाई पराजित गरेको थियो।
अंक तालिकामा नेपाल नेपालले २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ। लगातार सुरुवाति दुई खेल जितेर ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। शीर्षस्थानको भारतको पनि ६ अंक रहेको छ।
भिडियो
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने भएकाले नेपाललाई जितको खाँचो भएको हो।
नेपालले अन्तिम खेलमा बिहिबार भुटानसँग खेल्नेछ।
नेपाली टोलीमा ईश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी, प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा, जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई, किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन्।
Shares

प्रतिक्रिया