रामजी पौडेलको शब्द लयमा गायिका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ।
जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयरामप्रताप केसीले साथ दिएका छन्।
पोखराको बिभिन्न ठाउँमा छायांकन गरिएको म्यूजिक भिडिओलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायांकन र सुबास अँगाईको सम्पादन गितमा देख्न सकिन्छ।
पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन्।
पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडि बढाएकी उनको अब छिट्टै इन्द्र जिसी र पार्वती जिसीसँगको सहकार्यको गीत बजारमा आउँदै छ।

प्रतिक्रिया