गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईंको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ।
‘सम्झिनी पानी छम्किनी’ गीतको सफलतापछि डिसिरिज युट्युब च्यानलबाटै यो गीत रिलिज भएको हो।
सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समीक्षा अधिकारीले उनलाई साथ दिएकी छन्। गीतमा जगत तिवारीको ¥याप पनि समावेश गरिएको छ। यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो।
म्युजिक भिडियोमा अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गुराँस ढकालको धमाकेदार डान्स रहेको छ।
डान्सिङ नम्बर गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेको छन्। निर्देशक शिवले पल, दुर्गेश, गरिमा, गुराँसलाई मज्जाले नचाएका छन्।
भिडियोमा बाल कलाकार आयुशी ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ।
यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ। यो गीत चितवनमा केही दिन अगाडि सुटिङ गरिएको हो।
हेरौँ भिडिओ
प्रतिक्रिया