उनलाई कार्यक्रममा फेरि फिर्ता बोलाउनुपर्छ भन्ने चर्चा चलिनै रहेको थियो। कारण उनको डाक्टर मसुर गुलाटी र गुथ्थीको पात्र सबैले खुबै रुचाएका थिए।
सन् २०१७ मा कपिल र सुनिलबीच अस्ट्रेलियाको कार्यक्रमका क्रममा हात हालाहालको अवस्था सिर्जना भएको समाचारहरु आएका थिए।
त्यसपछि उनले कपिलको कार्यक्रम छाडेका थिए। तर यतिबेला सुनिल ग्रोवर फेरि कपिलको कार्यक्रममा फर्किने चर्चा सुरुवात भएको छ।
कपिलको कार्यक्रम छाडेयता सुनिलले विभिन्न चलचित्रमा काम गरिसकेका छन्। सुनिलले सलमान खानसँग सन् २०१९ मा ‘भारत’ भन्ने चलचित्रमा काम गरेका थिए।
यस दौरान उनले सलमानले चलाउने कार्यक्रम बिग बोसमा पनि विशेष प्रस्तुतीहरु दिएका थिए।
अभिनेता सलमान खानकै कारण कपिल र सुनिलको विवाद मिलेको बलिउडसँग सम्बन्धित कोइमोइ वेबसाइटले जनाएको छ।
हालै कपिल शर्माका मेकअप आर्टिस्टले सुनिल ग्रोवरसँग सोसल मिडियामा फोटो सेयर पनि गरेका थिए।
सुनिल ग्रोवर कपिल शर्मा सोमा फर्किने भएपछि यतिबेला दर्शकहरु खुबै खुशी भएका छन्।

प्रतिक्रिया