कला


केकीको फिल्म फेरि ‘फ्लप’!

केकीको फिल्म फेरि ‘फ्लप’!

नेपालखबर
साउन २२, २०७६ बुधबार ११:३२,

नायिका केकी अधिकारीको अभिनय जति जीवन्त छ उनका फिल्म त्यति नै असफल छन्। उनले अभिनय गरेको ‘घामपानी’ बाहेक अन्य कुनै पनि फिल्मले व्यवसायिक सफलता पाउन सकेका छन्।

केकीले गुणत्मकभन्दा पनि संख्यात्मक फिल्ममा जोड दिँदा यस्तो परिणाम आएको फिलम समिक्षकको बुझाई छ। उनलाई असफल चलचित्रकी सफल नायिका समेत भनिन्छ। लगातार फिल्म फ्लप हुँदा पछिल्लो समय उनको डिमान्ड पनि घटेको छ। साथै, केकीलाई पनि नैतिक संकट आइपरेको छ।

गत साता रिलिज भएको फिल्म ‘रातो गलबन्दी’ ले हलमा पानीसम्म भन्न पाएन। यो फिल्ममा केकीले पाँच लाखभन्दा धेरै पारिश्रमिक लिएको चर्चा छ। तर, फिल्मको व्यापारलाई हेर्दा यसले केकीलाई दिएको पैसासमेत उठाउने हो–होइन भन्ने प्रश्न यतिबेला खडा भएको छ।

फिल्म रिलिज भएको ६ दिन हुँदासम्म यसले न कुनै चर्चा पाएको छ न दर्शकको माया नै। फिल्म समीक्षकको नजरमा समेत ‘रातो गलबन्दी’ पर्न सकेको छैन। फिल्म पत्रकारले यसलाई केकीको इतिहासकै झूर मध्येको एक फिल्म भनिरहेका छन्।

यसरी फिल्म फल्प हुँदै जाँदा केकीको साख पनि गम्दै गएको छ। सामाजिक सञ्जालमा उनका लाखौँ फ्लोअर्स छन्। तर, उनका फिल्मले दर्शकको मन जित्न सकेका छैनन्।

फिल्म आफ्नो करियर ओरालो लागिरहेका बेला केकी ‘कमेडी च्याम्पियन’ नामक एक रियालिटी शोको तयारीमा छिन्। फिल्ममा करियर नदेखेर उनले बैकल्पिक मार्ग रोजेकी हुन् या के हो त्यो भने उनलाई नै थाहा होला। तर, केकीमाथि पैसाका लागि म्युजिक भिडियो होस् या कमजोर स्क्रिप्ट भएको फिल्म अफर आउनासाथ नछाड्ने नायिकाको आरोप लागिसकेको छ

‘स्वर’बाट सन् २०१० मा फिल्मी यात्रा सुरु गरेकी केकीले गत वर्ष आफ्नै लगानीमा ‘कोहलपुर एक्सप्रेस’ बनाइन्। आफैँ अभिनेत्री भएको सो फिल्मले समेत कुनै जादू चलाउन सकेन।

पछिल्लो समय केकीले दीपकराज गिरीको सफल टिमसँग ‘छ माया छपक्कै’मा अभिनय गरेकी छन्। यो फिल्मले उनको ओरालो लाग्दो करियर बचाउन सक्छ या सक्दैन हेर्न बाँकी नै छ। त्यसका लागि अझै दुई महिना कुर्नुपर्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad