कारोबार


नेपाल भ्रमण वर्षको प्रवर्द्धनमा पोखरेली युवाहरु

नेपाल भ्रमण वर्षको प्रवर्द्धनमा पोखरेली युवाहरु

नेपालखबर
साउन २२, २०७६ बुधबार ११:२७,

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवर्द्धनमा लागेका छन्। पोखराको रोटर्‍याक्ट क्लव अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवर्द्धनमा विविध कार्यक्रमहरु गर्ने भएको छ।

क्लवले भ्रमण वर्षको सन्दर्भमा क्लवले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ। पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका करिब ३० जना युवाहरुले सहभागिता जनाएका थिए। नेपालको राष्ट्रिय झण्डासहित सुरु भएको पदयात्राका क्रममा युवाहरुले भ्रमण वर्षको पोष्टर तथा पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।

pokhreli yuva 2

पदयात्राको क्रममा रानीवनमा क्लवको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पर्यटकहरुको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरु यसको प्रवर्द्धनमा लागिरहेका छन्।

क्लवले आगमी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लवका सदस्यहरुले सामाजिक संजालहरुमार्फत यसको प्रचार प्रसार गर्ने, क्लवका सबै कार्यक्रमहरुमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरु र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लवले गरेको छ ।

pokhreli yuva 3

क्लवको नियमित प्रकाशनहरुमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनहरु समेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad