कला


‘मिसन मंगल’को पोस्टरमा अक्षयलाई किन धेरै स्थान? सोनाक्षीको जवाफ यस्तो

‘मिसन मंगल’को पोस्टरमा अक्षयलाई किन धेरै स्थान? सोनाक्षीको जवाफ यस्तो

नेपालखबर
साउन २२, २०७६ बुधबार ११:०,

उक्त चलचित्रमा अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु लगायतले अभिनय गरेका छन्।

पोस्टरमा स्टार अक्षय कुमारलाई धेरै स्थान दिएको देखिन्छ। यस्तोमा हालै पत्रकार सम्मेलनमा अक्षय कुमारलाई पोस्टरमा किन धेरै स्थान भनेर प्रश्न गरिएको थियो।

त्यसको जवाफ अभिनेत्री सोनाक्षी सिन्हाले दिइन्। उनले भनिन्,‘जो बिक्छ त्यही देखिन्छ।’

सोनाक्षीका अनुसार अक्षय कुमार सबैभन्दा बढी बिक्ने कलाकार हुन्। त्यसैले अक्षयको फोटो पोस्टरमा बढी स्थान दिएर राखिएको उनको भनाइ थियो।

मिसन मंगल चलचित्र यसै महिनाको १५ तारिखमा रिलिज हुँदैछ। सोनाक्षीका अनुसार चलचित्र सामूहिक कार्य हो।

उनले चलचित्रको सुटिङ सकिन्जेल कोही ठूलो र कोही सानोको भावना आफूहरुमा उत्पन्न नभएको पनि बताइन्। उनका अनुसार चलचित्रमा सबैभन्दा लोकप्रिय अक्षय छन्।

त्यसैकारण उनको फोटो पोस्टरमा ठूलो देखाइएको हुनुपर्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad