कन्नड सिनेमाकी अभिनेत्री एवं बिग बोस कन्नडकी पूर्वप्रतिस्पर्धी जयश्री रमैया शंकास्पद अवस्थामा मृत भेटिएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बेङ्गलुरुस्थित आफ्नै घरमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको हो।
तर उनले आत्महत्या गरेको भन्ने कुरा पुष्टि हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
अभिनेत्री जयश्री केही समयतादेखि डिप्रेसनमा थिइन्। भनिन्छ कि बेङ्लुरुस्थित सन्ध्या किरण आश्रममा उनको उपचार भइरहेको थियो।
उनले पछिल्लो वर्ष सामाजिक सञ्जालमा यो संसार छाडेर जाँदैछु भनेर लेखेकी थिइन्। तर केही क्षणपमिछ नै उनले त्यो पोस्ट डिलिट गरेकी थिइन्।

प्रतिक्रिया