ad ad

कला


यी हुन् भारतबाहिर घर खरिद गर्ने बलिउडका चर्चित सेलिब्रिटी

यी हुन् भारतबाहिर घर खरिद गर्ने बलिउडका चर्चित सेलिब्रिटी

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ६:२३,

बलिउडका चर्चित सेलिब्रिटीहरु एउटै फिल्ममा अभिनय गरेबापत करोडौँ पारिश्रमिक लिने गर्दछन्।

राम्रै कमाइ गर्ने उनीहरु आफ्नो ‘लक्जरी लाइफ’का लागि खुलेरै खर्च गर्ने पनि गर्दछन्। त्यसका अलावा उनीहरुले अन्य विभिन्न व्यापारिक क्षेत्रमा लगानी गर्ने समेत गरेका छन्। धेरै कलाकारहरु भारतमा मात्रै नभएर भारतबाहिर पनि घर र अपार्टमेन्ट खरिद गरेका छन् भन्ने अन्य विभिन्न व्यवसायिक क्षेत्रमा लगानी समेत गरेका छन्।

यहाँ भारतबाहिर घर खरिद गरेका केही सेलिब्रिटीहरुको संक्षिप्त चर्चा गरिएको छ।

अमिताभ बच्चन

सम्पत्तिको मामिलामा बलिउडका महानायक अभिताभ बच्चन अरुभन्दा अगाडि नै रहेका छन्। भारतको मुम्बईमा उनको पाँच वटा शानदार महल रहेका छन्।

अमिताभले पत्नी जयाका लागि पेरिसमा एक घर खरिद गरेका छन्। यसका अलवा उनीहरुले विदेश र स्वदेशका विभिन्न व्यवसायिक क्षेत्रमा समेत लगानी गरेका छन्।

अक्षय कुमार

पछिल्लो समय एकपछि अर्को सफल चलचित्र दिइरहेका बलिउड अभिनेता अक्षय कुमार क्यानडाका नागरिक हुन्। उनले क्यानडामा एउटा पहाडनै खरिद गरेका छन्। भारतमा पनि उनको घर छ र विभिन्न व्यवसायिक क्षेत्रमा उनले लगानी गरेका छन्। यसका अलावा उनको क्यानडाको टोरेन्टोमा केही अपार्टमेन्ट रहेको बताएको छ।

shahrukhkhan

शाहरुख खान

किङ खानका रुपमा परिचित बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानको मुम्बईमा एक अलिशान महल छ। यसको नाम उनले मन्नत राखेका छन्। यो घरको मूल्य २०० करोडभन्दा बढी रहेको छ। खबरअनुसार उनको दुबईको पाम जुमेराहमा पनि अर्को एक घर छ। त्यस्तै लन्डनको पार्कलेनमा पनि उनको एक अपार्टमेन्ट छ। त्यस्तै विदेशका विभिन्न बैंकहरुकमा उनले पैसा राखेको र केही व्यसायिक क्षेत्रमा समेत लगानी गरेको बताइएको छ।

प्रियंका चोपडा
बलिउडमा मात्रै नभएर हलिउडमा समेत परिचय बनाउन सफल अभिनेत्री प्रियंका चोपडाको कमाई पनि अन्य सुपरस्टारकोभन्दा कम छैन। मुम्बईमा उनको एक अलिशान घर रहेको छ। उनी न्युयोर्कमा रहेको शानदार अपार्टमेन्टकी पनि मालिक्नी हुन्। अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि उनले लस एन्जिलसमा समेत एक घर खरिद गरेकी छन्।

raya

अभिषेक र ऐश्वर्या
बलिृउडका सफल जोडी अभिषेक र ऐश्वर्या राय बच्चनको मुम्बईका अलावा दुबईको जुमेराहमा एक शाही बंगला खरिद गरेका छन्। विशेष गरेर उनीहरु बिदा मनाउनका लागि दुबई जाने गर्दछन्। यसका अलाबा भारतमै पनि उनीहरुको अन्य व्यवसायिक क्षेत्रमा समेत लगानी रहेको बताइएको छ।

शिल्पा सेट्टी
अहिले बलिउड क्षेत्रबाट टाढा रहेकी शिल्पा सेट्टी लग्जरी लाइफ’का लागि कुनै सुरस्टारभन्दा कम छैनन्। भारतमै उनको एउटा शान्दार घर रहेको छ। यसका अलवा उनले लन्डनमा एक अलिशान महल खरिद गरेकी छन्। जसको नाम उनले रानी महल राखेकी छन्। त्यस्तै लन्डनमै उनको अर्को एक घर पनि रहेको बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .