विनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ।
परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव विश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक उद्दव विश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा विनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा रामचन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ।
भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ। शिव विकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।
कलाकारिताका माध्यमबाट आफूलाई चिनाउने कोशिसस्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया