ad ad

कला


विश्व चर्चित चलचित्र ‘अवतार’ खेल्न इन्कार गरेका थिए गोविन्दाले

विश्व चर्चित चलचित्र ‘अवतार’ खेल्न इन्कार गरेका थिए गोविन्दाले

नेपालखबर
साउन १५, २०७६ बुधबार १२:४५,

उनको नाच्ने, हसाउने र रुवाउने कलाले सबै मोहित बनेका थिए। गोविन्दाको अन्तिम चलचित्र रंगीला हो। त्यस चलचित्र सुपरहिट नबने पनि उनको अभिनयको चर्चा भने भएको थियो।

हालै गोविन्दा भारतीय चर्चित टेलिभिजन ‘आप का अदालत’मा अतिथिका रुपमा पुगेका थिए। सो क्रममा उनले एक सनसनीपूर्ण खुलासा गरे।

गोविन्दाका अनुसार हलिउड चलचित्र ‘अवतार’मा एक भूमिकाका लागि उनलाई समेत अफर आएको थियो।

तर गोविन्दाले उक्त भूमिकालाई इन्कार गरिदिए। आफूले चलचित्रको नाम ‘अवतार’ जुराइदिएको समेत उनको दाबी रहेको छ।

अवतार चलचित्र जेम्स क्यामेरुनले निर्देशन गरेका थिए। जेम्सले नै गोविन्दालाई फिल्मका लागि अफर गरेका थिए।

भिडियो

 तर निर्देशकको सर्त सुनेपछि गोविन्दाले चलचित्रमा काम नगर्ने बताएका थिए। गोविन्दाका अनुसार उक्त चलचित्रमा आफूले शरीरमा रङ लगाउनु पर्ने थियो।

साथै निर्देशकको विचार सुनेपछि उक्त चलचित्र ७ वर्षमा मात्र बनिसक्ने समेत गोविन्दाले बताएका थिए। जुन उनीहरु ४ सय १० दिनमा बनाउन चाहन्थे।

सन् २०१९ मा बनेको चलचित्र अवतार सन् २००९ देखि सन् २०१९ को जुन महिनासम्म अर्थात् दशवर्ष विश्वकै सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो।

सन् २०१९ को जुलाईदेखि भने ‘एभेन्जर्स इण्ड गेम’ विश्वको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ। एजेन्सी

Related image

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .